नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Saturday, June 11, 2022

शिवालय माविको पूर्व विद्यार्थी मञ्चमा शिवराज

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा शिवराज सुवेदी सर्वसम्मत चयन भएका छन् ।

शनिबार विद्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पोष्टराज सुवेदी, उपाध्यक्षमा भगवान् ओझा, सचिवमा उदयराज ओझा, कोषाध्यक्षमा प्रदीप सुनाम सहसचिवमा आशिष ओझा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा हरिचन्द्र सुवेदी, शिवहरि ओझा, युवराज सुवेदी, अमृत सुवेदी, सरिता ओझा, लक्ष्मण ढुङ्गाना, विजिन्द्र सुनाम, विशाल सुवेदी सम्झना सुवेदी चयन भएका छन् ।

नवनिर्वाचित समितिको प्रथम बैठकबाट मनबहादुर भुजेल, राजेन्द्र ओझा, रमेश ओझा, राजन सुवेदी, पूर्णदीप सुवेदी, प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र विद्यालय व्यवस्थापन समितिका  कार्यवाहक अध्यक्ष धनपति ओझालाई सल्लाहकारमा चयन गरेको छ ।

राजेन्द्र ओझाको संयोकत्वमा रमेश ओझा र निवर्तमान अध्यक्ष राजन सुवेदी सदस्य रहेको निर्वाचन मण्डले नवनिर्वाचित समिति घोषणा गरेको थियो । कार्यक्रममा वडा नम्बर २ का नवनिर्वाचित वडा अध्यक्षसमेत रहेका मञ्चका निवर्तमान अध्यक्ष राजन सुवेदी र शिक्षक-अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझालगायतले शुभकामना दिएका थिए ।

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com