नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, June 3, 2022

शिवालय माविमा जनप्रतिनिधिलाई बधाई र शुभकामना (फोटो फिचर)



पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुक्रबार बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।

सो गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीसँगै वडा सदस्यहरूलाई सम्मान गरिएको हो । वडा सदस्यमा निर्वाचित सोही विद्यालयका शिक्षक–अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबाबु सुवेदी तथा हिता रुपाखेती र अनिता रानालाई पनि सम्मान गरिएको थियो ।

त्यसै गरी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित विद्यालयकी पूर्व विद्यार्थी लालसुब्बा गुरुङलाई पनि सम्मान गरिएको थियो । 

सम्मानित व्यक्तित्वहरूलाई प्रधानाध्यापक रुपिन्द्र प्रभावी, विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीकृष्ण सुवेदी, विमला गुरुङ, कौशिला परियार तथा शिक्षक विद्यार्थीहरूले फूल, माला, अबिर, सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष राजन सुवेदीले वडा नम्बर २ लाई नमुना वडा बनाउन पहल गर्ने बताए । शिक्षालाई सधैँ प्राथमिकतामा राखेर योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शिवालयको हितका लागि हिजोभन्दा पनि थप ऊर्जाका साथ अघि बढ्ने धारणा राखे । आफू निर्वाचित हुनुमा विद्यालय परिवारले गरेको सकारात्मक साथको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सामान्य गल्ती हुँदा पनि सुझाव दिन आग्रह गरे ।

विद्यालय व्यवस्थाप समितिका कार्यवाहक अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेनालगायतले शुभकामना दिएका थिए ।











































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com