पृष्ठभूमि :
कास्की जिल्लाको सदरमुकाम पोखराबाट करिब ३० कि.मि. पूर्वमा अवस्थित श्री शिवालय मा.वि. रुपा–२, कास्कीको पूर्वमा लमजुङ जिल्लालाई छुट्याउने मादी नदी पर्दछ भने उत्तरमा रुपा–७, साविक हंसपुर गा.वि.स., पश्चिममा रुपा–६, साविक रुपाकोट गा.वि.स. दक्षिणमा क्रमशः रुपा–२ र ३ क्रमश साविक सिद्ध र देउराली गा.वि.स. रहेका छन् । यो ठाउँ समुन्द्र सतहदेखि ८६० मि. उचाइमा रहेको छ ।
प्रकृतिक रुपमा यस थुम्की डाँडाबाट हेर्दा उत्तर पूर्वतर्फको मनास्लु हिमाल साथै उत्तरमा अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, दक्षिणमा फँैचोकको डाँडा र थप्रेकको डाँडा, दुईपिप्ले र सिसाघाटको फाँट देख्न सकिन्छ भने पश्चिममा पर्यटकीय स्थल साविक रुपाकोट गा.वि.स. को पर्यटकीय चिसापानी डाँडा हराभरा देख्न सकिन्छ । यसका साथै यस विद्यालयको आँगनबाट हेर्दा सजाइएका खरका छाना भएका घरहरु, सुन्तला, आँप, कोदो, मकै, धान, केरा फल्ने खेतबारीहरु, पानी पधेँराहरु, पाटीपौवा, मठमन्दिरहरु, खोला, नदी, पोखरी आदिले सिँगारिएको यस श्री शिवालय मा.वि. मा पाहार ट्रष्ट नेपालले बनाइदिएको ८ कोठे २ तले भवन, साविकको जिल्ला शिक्षा कार्यालयद्वारा निर्मित ८ कोठे पक्की भवन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा निर्मित २ कोठे भवनले भौतिक रुपमा केही सुविधा थपेको छ । साथै, पुनर्निर्माण प्राधिकरणको सहयोगमा निर्माणाधीन ४ कोठे भवनले अझै सुविधासम्पन्न बनाउने कुरामा विश्वास गर्न सकिन्छ ।
विद्यालयको शैक्षिक पृष्ठभूमि :
यस रुपा गाउँपालिकाकोे वडा नं. २ माअवस्थित थुम्की डाँडामा श्री शिवालय मा.वि.को स्थापना तत्कालीन थुम्की गाउँ पञ्चायत वडा नं. ७कास्व.द्वय जमदार इमानसिंह गुरुङ र पण्डित टेकनाथ ढुङ्गानाको सक्रियतामा चौतारामा पठनपाठन गराउनुभएको र २०१७ सालमा उहाँहरुको नेत्वृत्वमा चन्दा संकलन गरेर स्याउले कटेरो निर्माण गरी शिवालय प्रा.वि. को नामकरणबाट कक्षा सञ्चालन भएकोकुरा यहाँका अग्रजहरुको भनाइ रहेको छ । शिक्षाको आवश्यकता खड्किँदो क्रममा गएकोले शिक्षासेवी, बुद्धिजीवी, राजनीतिज्ञ आदिको सक्रियतामा अध्यक्ष भीमबहादुर गुरुङ, प्र.अ. रामकृष्ण ओझाको नेत्वृत्वमा मिति ः २०३० सालमा नि.मा.वि. तहको स्थापना भएर पनि अझै बदलिँदो युग र परिस्थितिअनुसार वि.सं. २०४५ सालमा मा.वि. को आवश्यकता महसुस भई अध्यक्ष तुलाराम गुरुङ साथै प्र.अ. रामचन्द्र ओझाको पहलमा मा.वि. तहकोस्थापना भयो । अझै शिक्षाको माग बढ्दै गएकोले अध्यक्ष रामबाबु सुवेदी र प्र.अ. ऋषिराम ओझाको अगुवाइमा वि.संं. २०६६ सालमा १०+२ सम्बन्धनसहित कक्षा सञ्चालन गरियो । हालै मात्र नजिकैको प्रगतिशील आधारभूत विद्यालयसमेत समायोजन भई यसै विद्यालयमा गाभिएको छ ।
यस रुपा गाउँपालिका वडा नं. २, ६ मा दुई ओटा आ. वि.गरी जम्मा २ ओटा यस विद्यालयका फिडर विद्यालय रहेका छन् ।
सामाजिक अवस्था :
यस विद्यालयको सेवा क्षेत्रभित्रको सामाजिक परिवेशलाई नियाल्दा विभिन्न जातजातिका मानिसहरुको साथै भेषाभूषाको समेत विविधता पाइन्छ । जातजातिमा गुरुङ, मगर, कामी, दमाई, सार्की, ब्राम्हण, क्षेत्री आदिको सम्मिश्रण रहेको छ । जसमाब्राम्हण समुदायमा करिब ४०प्रतिशत रहेको आँकडाबाट देखिन्छ । विशेषतः ब्राह्मण जातिका बालबालिकाहरु विद्यालयमा टिकाउ देखिन्छन् भने गुरुङ्ग, मगर, दलित जातिका बालबालिकाहरु उपल्लो कक्षामा पुगेपछि पातालिने क्रम जारी छ किनभने आजभोलि बैदेशिक रोजगारीले गर्दा अधिकांश व्यक्तिहरु बिदेसिएका छन् ।अलि बढी आम्दानी गर्ने मानिसहरु भने सहर बजारतिर बसाइँ सरेको पनि पाइन्छ ।
यस क्षेत्रभित्र बसोबास गर्ने मानिसहरु प्रायः हिन्दु धर्ममा विश्वास राख्दछन् भने गुरुङ, मगरहरु बुद्ध धर्मका अनुयायी बन्दै आइरहेका छन् । केही समुदायले व्रिmश्चियन धर्म अबलम्बन गरेको पनि पाइन्छ । परम्परागत रुपमा चल्दै आएका दसैं, तिहार जस्ता चाडपर्वहरु मनाउने, बाटोघाटो बनाउने, पाटीपौवा निर्माण गर्ने, चौतारी बनाउने जस्ता चलनहरु पनि चलिरहेका छन् । गुरुङ्ग समुदायमा मादल बजाएर रोधी बस्ने, सोरठी गाउने, घाँटु नाच नाच्ने गरेको पाइन्छ भने ब्राह्मण समाजमा चाडपर्व र पूजाको बेलामा खैचडी मुजुरा बजाएर युवायुवतीहरु भजन, चुड्का र रोइला गाउने गरेको पाइन्छ । पेसागत दृष्टिले यहाँका मानिसहरु मूलतः कृषि पेसामा छन् भने केही मात्रामा जागिर र सिलाइ, आरन सञ्चालन पनि गर्ने गरेका देखिन्छन् ।
सामाजिक अवस्थालाई अध्ययन गर्दा यस विद्यालय सेवा क्षेत्रभित्रबाट नेपाल सरकारको मन्त्रालयका सचिवदेखि डाक्टर, इन्जिनियर, प्रध्यापक तथा शिक्षकहरु उच्च ओहोदामा पुगेका छन् तथापि बसाइँसराइँले गर्दा गाउँमा जनसङ्ख्या पातलिँदै गई विद्यालयमाविद्यार्थीको चाप अपेक्षितभन्दा दिनानुदिन घटिरहेको छ, जसले गर्दा तल्ला कक्षाहरुमा विद्यार्थीको चाप न्यून रहेको छ भने माथिल्ला कक्षाहरुमा कक्षा ६,७,८,९ र १० मा विद्यार्थी संख्या राम्रो देखिन्छ तर तुलनात्मक रुपमा कक्षा ११ र १२ मा यो संख्या केही कम रहेको देखिन्छ ।
भौतिक पक्ष :
विद्यालयको समग्र विकास गर्नका लागि भौतिक पक्ष एउटा पाटो हो र पनि यस विद्यालयले जति मात्रामा भौतिक सुविधा उपलब्ध गराउनुपथ्र्याे त्यति नै भने उपलब्ध गराउन सकेको स्थिति अझै छैन ।

यस विद्यालयको नाममा करिब ३३ रोपनी जग्गा कित्ताकाट भएपनि उपभोग गरिएको जग्गा २० रोपनी मात्र छ । यसभित्र ४ वटा भवनहरु रहेका छन् । तीमध्ये २०६३ सालमा निर्माण गरिएको १० कोठे ठूलो भवन २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको हुँदा हाल जिल्ला शिक्षा कार्यालयबाट ८ कोठे पक्की भवननिर्माण भई प्रयोगमा आएको छ । २०५८ सालमा ग्ल्ऋम्ँ को सहयोगमा निर्माण गरिएको सभा कक्षलाई समेत कक्षा कोठा अभावका कारण कक्षा कोठाकै रुपमा प्रयोग गरिएको छ । त्यस भवनलाई सभा कक्षकै रुपमा मर्मत सुधार गर्नुपर्ने देखिन्छ ।२०६८ सालमा पाहार ट्रष्ट संस्थाले ८ कोठे पक्की आकर्षक भवन निर्माण गरिदिएको हुँदा उक्त भवनमा१ कम्प्युटर ल्याब कोठा, १ विज्ञान ल्याब कोठा, १ पुस्तकालय कोठा र २ कार्यालय कोठा रुपमा प्रयोग गरिएका छन् ।हालै मात्र नेपाल सरकारको सहयोगमा २ कोठे भवन निर्माण भई सञ्चालनमा आएको छ । पुनर्निर्माण प्राधिकरणको सहयोगमा ४ कोठे भवन र शौचालयन पनि निर्माणाधीन अवस्थामा रहेको छ ।कन्चन नेपाल नामक संस्थाद्धारा खानेपानी प्रयोग गरिने ट्याङ्की २ र शौचालय प्रयोगका लागि २ गरी ४ वटा ट्याङ्की आकाशे पानीद्वारा जम्मा गरेर संचालन गरिएको छ तैपनि खानेपानी स्वस्थकर छ छैन । बेला बेलामा परीक्षणको अभाव देखिन्छ । साथै, उक्त संस्थाको सहयोगद्वारा छात्रा, छात्रलाई २ वटा आकर्षक शौचालय निर्माण गरिएको छ र विद्यालय खुल्ला क्षेत्र रहेको हुँदा काँडेतारले कम्पाउण्ड गरिएको छ ।पक्की कम्पाउन्ड निर्माण गरिनुपर्ने टड्कारो आवश्यकता छ । जिल्ला शिक्षा कार्यालयको अनुदानमा मिति २०७१ सालमा शिक्षक स्टाफका लागि २ कोठे शौचालय निर्माण गरिएको छ ।
विद्यालयहरुका लागि सामान्य खेलकुदका सामग्री र एउटा खेल मैदानको निर्माण गरिएको छ भौगोलिक हिसाबले त्यति राम्रो देखिएको छैन त्यसैले मुख्य रुपमा विद्यालयको सम्पूर्ण पक्षमा परिवर्तन ल्याउन भौतिक सुधार गर्नुपर्ने महत्वपूर्ण आवश्यकता छ ।यस्तै गरी २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको विद्यालयको १० कोठे भवनको ठाउँमा नेपाल सरकार, साविकको शिक्षा मन्त्रालयअन्तरगत जिल्ला शिक्षा कार्यालयको अनुदान सहयोग र स्थानीय जनश्रममा ८ कोठे भूकम्प प्रतिरोधक पक्की भवन निर्माण सम्पन्न भइसकेको छ ।
हालसम्म यस विद्यालयबाट एस. एल. सी. उत्तीर्ण परीक्षार्थी विवरण :
शैक्षिक सत्र २०७६ काे विद्यार्थी विवरण :
शैक्षिक सत्र २०७७ को विद्यार्थी विवरण
कक्षा
|
छात्र
|
छात्रा
|
जम्मा
|
दलित
|
जम्मा
|
जनजाति
|
जम्मा
|
अन्य
|
छात्र
|
छात्रा
|
छात्र
|
छात्रा
|
छात्र
|
छात्रा
|
जम्मा
|
नर्सरी/ECD
|
५
|
३
|
८
|
२
|
१
|
३
|
१
|
१
|
२
|
२
|
१
|
३
|
युकेजी
|
५
|
२
|
७
|
२
|
२
|
४
|
–
|
–
|
–
|
३
|
–
|
३
|
जम्मा
|
१०
|
५
|
१५
|
४
|
३
|
७
|
१
|
१
|
२
|
५
|
१
|
६
|
१
|
७
|
६
|
१३
|
४
|
४
|
८
|
–
|
–
|
–
|
३
|
२
|
५
|
२
|
४
|
७
|
११
|
१
|
४
|
५
|
–
|
–
|
–
|
२
|
४
|
६
|
४
|
६
|
३
|
९
|
–
|
२
|
२
|
–
|
–
|
–
|
६
|
१
|
७
|
५
|
१०
|
६
|
१६
|
३
|
–
|
३
|
१
|
३
|
४
|
६
|
३
|
९
|
जम्मा
|
२७
|
२२
|
४९
|
८
|
१०
|
१८
|
१
|
३
|
४
|
१७
|
१०
|
२७
|
६
|
११
|
८
|
१९
|
६
|
२
|
८
|
२
|
–
|
२
|
३
|
६
|
९
|
७
|
१४
|
१२
|
२६
|
४
|
२
|
६
|
४
|
५
|
९
|
६
|
५
|
११
|
८
|
१४
|
१६
|
३०
|
६
|
६
|
१२
|
२
|
३
|
५
|
६
|
७
|
१३
|
जम्मा
|
३९
|
३६
|
७५
|
१६
|
१०
|
२६
|
८
|
८
|
१६
|
१५
|
१८
|
३३
|
९
|
११
|
१६
|
२७
|
२
|
३
|
५
|
१
|
४
|
५
|
८
|
९
|
१७
|
१०
|
९
|
१६
|
२५
|
३
|
४
|
७
|
२
|
५
|
७
|
७
|
४
|
११
|
जम्मा
|
२०
|
३२
|
५२
|
५
|
७
|
१२
|
३
|
९
|
१२
|
१२
|
१६
|
२८
|
११
|
|
|
|
|
|
|
|
|
|
|
|
|
१२
|
७
|
३
|
१०
|
२
|
–
|
२
|
२
|
१
|
३
|
३
|
२
|
५
|
जम्मा
|
७
|
३
|
१०
|
२
|
–
|
२
|
२
|
१
|
३
|
३
|
२
|
५
|
तहगत विद्यार्थी विवरणः
ECE-UKG
|
आधारभूत तह
|
माध्यमिक तह
|
जम्मा
|
|
|
नर्सरी
|
युकेजी
|
जम्मा
|
(१–५)
|
(६–८)
|
जम्मा
|
(९–१०)
|
(११–१२)
|
जम्मा
|
२०१
|
८
|
७
|
१५
|
४९
|
७५
|
१२५
|
५२
|
१०
|
६२
|
No comments:
Post a Comment
shivalayaschool2017@gmail.com