Monday, April 13, 2020
सबैले पालाे कुराैँ
कुरा, सन् १९२१ को हो । म कामको सिलसिलामा पहिलोपटक मस्कोको क्रेमलिन सहर पुगेको
थिएँ । दाह्री खौरिनका लागि म एउटा सैलुनमा गएँ । त्यहाँ हामी ६ जनाले पालो
कुरिरहेका थियौँ । अचानक लेनिन पनि त्यही सैलुनमा दाह्री काट्न आइपुग्नुभो । हामी
सबैजना उठेर उहाँलाई अभिवादन गर्दै भन्यौँ – ‘नमस्ते लेनिन १’
लेनिनले पनि हाम्रो अभिवादन
फर्काउँदै भन्नुभयो– ‘नमस्ते नमस्ते साथीहरु १’
उहाँ आफ्नो गोजीबाट केही पत्रिकाहरु
निकालेर पढ्न थाल्नुभो । हामी भने एकटकले उहाँलाई हेरिरह्यौं । एकछिनपछि हजामले
भर्खरै खालि भएको कुर्सी देखाउँदै पालो मिचेर लेनिनलाई भन्नुभो– ‘भ्लादिमिर इल्यिच, ल यो
दाह्री काट्ने कुर्सीमा बस्नुस् ।’
‘त्यसका लागि धन्यवाद’, लेनिनले भन्नुभो– ‘तर हामी
सबैले आफ्नो पालो पर्खनुपर्छ । किनभने हामी आफैं कानुन बनाइरहेका छौं, त्यस्तो अवस्थामा हामी आफैंले पालो मिच्यौं भने कसले नियम
पालना गर्छ रु’ यति भनेर लेनिन आफ्नै सिटमा
बसिरहनुभो ।
हामी सबै चुप भयौं । केहीबेरपछि साहस
बटुल्दै हामीले भन्यौं– ‘तपाईं व्यस्त
हुनुहुन्छ । हामी तपाईंजति व्यस्त छैनौं त्यसकारण हामी पालो कुर्छौं । तपाईं आफ्नो
दाह्री काट्न बस्नुस् ।’
यति भनेर हामी सबैजना पालो कुरेर
बस्यौं । लेनिन हाम्रो चित्त नदुखोस् भनेर अनकनाइ–अनकनाइ दाह्री कटाउन कुर्सीमा बस्नुभो । आफ्नो दाह्री कटाएपछि उहाँ
बाहिरिनुभो । जानुभन्दा पहिले हामी सबैलाई भन्नुभो– ‘ल है साथी हो, फेरि भेटौंला १’
यसरी भएको थियो लेनिनसँग मेरो भेट ।
हजामको अघि बसेर दाह्री कटाइरहनुभएको लेनिनको त्यो तस्बिर अझै पनि मेरो
मनमस्तिष्कमा ताजै छ ।
(कारखानाका मजदुर ग्रिगोरी इवानोविच
इवानोबको संस्मरण ‘लेनिन विषयक कहानियाँ’बाट अनुदित)
https://emulyankan.org/ बाट साभार
Tags
प्रेरक#
Share This

हाम्रो बारेमा________________
प्रेरक
Labels:
प्रेरक
Subscribe to:
Post Comments (Atom)
हाम्रो बारेमा
श्री शिवालय माध्यमिक विद्यालय, रुपा-२, थुम्की, कास्की
shivalayaschool2017@gmail.com
No comments:
Post a Comment
shivalayaschool2017@gmail.com