नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, March 13, 2024

शिवालय माविमा कक्षा १२ लाई बिदाइ र शुभकामना (फोटो फिचर)

  


पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविबाट यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीलाई बुधवार बिदाइ गरिएको छ ।

कक्षा ११ को आयोजनामा भएको बिदाइ तथा शुभकामना कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले विद्यालयले हासिल गर्दै आएको प्रतिष्ठालाई यस पटकको समूहले थप उच्च बनाउने विश्वास व्यक्त गरे ।

कक्षा ११ का विद्यार्थी रमित सुर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, कक्षा १२ का तर्फबाट सम्झना मल्ल र कक्षा ११ का तर्फबाट प्रविना ओझाले मन्तव्य राखेका थिए ।

कक्षा ११ की छात्रा रञ्जिता ओझाको सञ्चालनमा भएको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को विद्यार्थीको सम्मानमा सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए । कार्यक्रमको संयोजन शिक्षकद्वय हरिश्चन्द्र पौडेल र रस्मिला खनालले गरेका थिए ।

































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com