नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, February 23, 2024

शिवालयमा प्रतिभा प्रस्फुटन कार्यक्रम

 


पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालयमा माविमा शुक्रवार प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।

शिवालय बाल क्लबको आयोजनामा भएको कार्यक्रम प्रतियोगितात्मक रूपमा सम्पन्न भएको हो । ५० जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीले गायन, नृत्य, साहित्य, अभिनयलगायतका विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विदुर अधिकारीको कविता प्रथम, रश्मी सुनामको नृत्य द्वितीय, सोनीक्षा थापा मगर र एन्जल गुरुङको नृत्य तृतीय तथा दिलिप विकको गायन सान्त्वना भएको थियो । प्रतियोगितामा पूर्णबहादुर गुरुङ, जयराज उपाध्याय र सम्झना सुवेदी निर्णायक रहेका थिए ।

बाल क्लबकी अध्यक्ष समीक्षा सुनामको अध्यक्षता र सचिव कुसुम सुवेदीको सञ्चालनमा भएको प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले पुरस्कार वितरण गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझाले शुभकामना मन्तव्य राखेका कार्यक्रममा स्वागत उपाध्यक्ष विनम ओझाले गरेका थिए । विजेताहरूका लागि गोनेसाले पुरस्कार प्रायोजन गरेको थियो ।

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com