नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, January 3, 2024

शिवालय माविमा शिक्षक–अभिभावक सङ्घ पुनर्गठन



थुम्की। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको शिक्षक–अभिभावक सङ्घ पुनर्गठन गरिएको छ ।

विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट अध्यक्षमा श्रीकृष्ण सुवेदी तथा सदस्यहरूमा नवराज सुवेदी, कालिका ओझा, दीपा पौडेल, रुद्रबहादुर सुनार, बद्रिनाथ ओझा, सुषमा थापा, लक्ष्मी अधिकारी सर्वसम्मत चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधिमा लक्ष्मी ओझा चयन भएकी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको अभिभावक भेलामा वडा नं. २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी हितका लागि वडाका तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताए । शिक्षक–अभिभावक सङ्घका निवर्तमान अध्यक्ष रामचन्द्र ओझाले आफ्नो कार्यकालमा अभिभावकहरूलाई विद्यालयप्रति थप जिम्मेवार बनाइएको दाबी गरे । 

सहजीकरण समितिका सदस्य वडा नम्बर २ का सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबाबु सुवेदीले विद्यालयको नामलाई अझै उच्च बनाउने गरी अघि बढ्न नवगठित समितिलाई आग्रह गरे ।


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com