नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Thursday, December 28, 2023

शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम (फोटो फिचर)

 


पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो । सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना अनुभवसमेत आदानप्रदान गरेका तालिममा साइबर अपराधबाट जोगिने र जोगाउने उपायबारे छलफल भएको थियो ।

सोही अवसरमा बाल क्लबले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूबारे पनि छलफल गरिएको थियो । पढाइसम्बन्धी एप्लिकेसनहरूका बारेमा जानकारी दिएको तालिममा बाल क्लबकी अध्यक्ष समीक्षा सुनाम, कोषाध्यक्ष करुणा ओझा, युवा रेडक्रस सर्कलका अध्यक्ष विदुर अधिकारीलगायतले प्रतिक्रिया दिएका थिए । तालिमका लागि सेन्टर फर मिडिया रिसर्च, नेपालले प्राविधिक सहयोग गरेको थियो ।




















No comments:

Post a Comment

shivalayaschool2017@gmail.com