नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, September 23, 2022

शिवालयमा कविता प्रतियोगितासहित कक्षा ११ लाई स्वागत (फोटो फिचर)

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शुक्रबार कविता प्रतियोगितासँगै कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

शिवालय बाल क्लबद्वारा आयोजित कविता प्रतियोगितामा आयाम ओझा, समीक्षा परियार र विदुर अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । क्लबकी अध्यक्ष करिना ‌ओझाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सौरव अधिकारीले गरेका थिए । प्रतियोगितामा पूर्व प्रधानाध्यापक जयराम सुवेदी तथा शिक्षिकाद्वय शान्ता तिमल्सेना र सम्झना सुवेदी निर्णायक रहेका थिए । पुरस्कृत हुनेहरूलाई गोनेसा नेपालले पुरस्कार प्रायोजन गरेको थियो ।

यस्तै कक्षा १२ का विद्यार्थीहरूद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए । कक्षा १२ की छात्रा शर्मीला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का तर्फबाट सन्जिना पौडेलले मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सुस्मिता ओझाले गरेकी थिइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २ का वडाध्यक्ष राजन सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझा, विव्यसका कार्ववाहक अध्यक्ष धनपति ओझा, प्रधानाध्यापक रुपिन्द्र प्रभावीलगायतले शुभकामना दिएका थिए ।

 






















































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com