नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, October 29, 2021

रूपाको माध्यमिक तहको हाजिरी जवाफमा शिवालय पहिलो

पोखरा । कास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा. वि. पहिलो भएको छ ।


कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर २, थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो । सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए । 

यस्तै वडा नम्बर ६, तालबेसीस्थित रूपाज्योति मा. वि. दोस्रो, वडा नम्बर ३, पोल्याङस्थित जनता मा. वि. तेस्रो र वडा नम्बर ७, हंसपुरस्थित रामकोट मा. वि. सान्त्वना भएका थिए ।

प्रतियोगिताका विजेतालाई रूपा गाउँपालिका, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल, पुरस्कार प्रायोजकका तर्फबाट कीर्ति सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । इम्पावर नेपाल फाउन्डेसनले प्रायोजन गरेको प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनालको अध्यक्षतामा भएको थियो ।











No comments:

Post a Comment

shivalayaschool2017@gmail.com