नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, April 13, 2021

रूपाको राष्ट्रपति रनिङ शिल्ड २०७७ मा शिवालयको सहभागिता र खेलाडी सम्मानका केही झलक (फोटो फिचर)

 रूपा गाउँपालिकाद्वारा गत चैत २७ र २८ गते आयोजित राष्ट्रपति रनिङ शिल्ड २०७७ मा शिवालय माध्यमिक विद्यालयबाट सहभागी भई पदक प्राप्त गर्ने खेलाडीहरूलाई मङ्गलबार विद्यालयमा सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ऋषिराम ओझाले स्वागत गरेका थिए ।

सम्मानित खेलाडीहरू तपसिलबमोजिम छन्ः

१. सुजन ओझा- ४०० मिटर छात्र दौडमा स्वर्ण पदक  विजेता

२. आशिष कार्की- त्रिपल जम्प छात्रतर्फ स्वर्ण पदक तथा लङ जम्प छात्रतर्फ कास्य पदक विजेता

३. कृति ओझा, सन्जिना पौडेल, दीपा ओझा र रविना वि.क.- १००×४ छात्रा रिले दौडमा स्वर्ण पदक विजेता

४. कृति ओझा, सन्जिना पौडेल,  रविना वि.क., पूर्णिमा थापा मगर, प्रतिमा थापा मगर, भावना ओझा, विनिता धमेल, आरती सुर्खाली र शर्मीला गुरुङ- छात्रा भलिबलतर्फ रजत पदक विजेता

५. करिष्मा सुनार- छात्र हाइजम्पतर्फ रजत पदक विजेता

६. दीपा ‌ओझा- २०० मिटर छात्रा दौडमा कास्य र छात्र लङ जम्पमा रजत पदक विजेता

७. कृति ओझा- १०० मिटर छात्रा दौडमा कास्य पदक विजेता















































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com