नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, December 8, 2020

शिक्षक र विद्यार्थीका लागि मोबाइल एप्स सार्वजनिक (एप्ससहित)

शिक्षक र विद्यार्थीका लागि मोबाइल एप्स सार्वजनिक

एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

मोबाइलबाट नै विद्यार्थीले पढ्न पाउने भएका छन् । मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र विद्यार्थीलाई शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले मोबाइल एप्स सार्वजनिक गरेको छ ।

केन्द्रले विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरेर ‘ईक्लास नेपाल’ मोबाइल एप्स ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एप्सको उद्घाटन गर्दै शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

‘शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्छ,’ उनले भने, ‘कोभिडले जनजीवनमा परिवर्तन ल्याएको छ । यो एप्सलाई सबै विद्यार्थी र शिक्षकको बीचमा पुर्‍याउनुपर्छ ।’ नेपालका सबै ठाउँमा सहज तरिकाले प्रयोग गर्न सकिने गरी एप्स तयार गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले बताए ।

‘विद्यार्थीलाई लक्षित गरि सामग्री तयार गरिरहेका छौँ,’ उनले भने, ‘क्रमश: सामग्री थप गर्दै जान्छौँ । फेस टु फेस कक्षा भए पनि यसलाई प्रयोग गर्न सकिन्छ ।’ कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप्स एन्ड्रोइड मोवाइल तथा साधारण मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने छन् ।

एप्समा पाठ्यपुस्त, शिक्षक निर्देशिका लगायतमा सामग्री राखिएको छ । ११ एमबीको एप्स आइटी सोलुसनले बनाएको हो ।

शिलापत्र डटकमबाट साभार

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com