नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, December 21, 2020

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा (फोटो फिचर)

पोखरा कास्कीको रुपा गाउँपालिका वडा नं. , थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक-अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् ।


सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा पौडेल चयन भएका छन् । सङ्घमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छिन् ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले शिवालय माविले हरेक क्षेत्रमा मार्दै गएको फड्कोमा नयाँ शिक्षक-अभिभावक सङ्घले थप टेवा दिने विश्वास व्यक्त गरे । शिक्षक-अभिभावक सङ्घले विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै बेकामे समितिजस्तो भएर नबस्न पौडेलले नवगठित समितिलाई आग्रह गरे । कोभिड-१९ का कारण हरेक क्षेत्र थला परिरहेको अवस्थामा पनि शिवालयले भौतिक तथा शैक्षिक क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले गाउँपालिकाको शिक्षा शाखाका तर्फबाट शैक्षिक उन्नयनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले वर्तमान विद्यालय व्यवस्थापन समिति समयानुकूल विद्यालयको विकास गर्ने अभियानमा जुटेको भन्दै शिक्षक-अभिभावक सङ्घको सहयोगी भूमिका रहने विश्वास व्यक्त गरे । उनले आवश्यक ठाउँमा नेतृत्वसमेत लिँदै विद्यालयको चौतर्फी विकासका लागि निगरानी र सक्रियतापूर्वक अघि बढ्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरे ।


विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले कोभिडको महामारीका बिचमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनसँगै भौतिक कार्यहरु पनि अघि बढिरहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि जयराम सुवेदीले गरेका थिए ।







रुपा गापा शिक्षा शाखा प्रमुख सन्दिप पौडेल

अध्यक्ष रामचन्द्र ओझा


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com