नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, October 17, 2023

नतिजा प्रकाशन, शुभकामना आदानप्रदान र पुरस्कार वितरण एक साथ (फोटो फिचर)



रूपा (थुम्की) । शिवालय माविले शैक्षिक सत्र २०८० को दोस्रो त्रैमासिक परीक्षाको नतिजा वितरणसँगै दसैँ, तिहार, छठलगायतका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० गते विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ । सोही अवसरमा शैक्षिक सत्र सुरु भएदेखिका सहकार्यकलापका पुरस्कारहरू पनि वितरण गरिएको थियो ।

विद्यालय प्रधानाध्यापक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य आइतीश्री गुरुङ, निवर्तमान सदस्यद्वय श्रीकृष्ण सुवेदी र कौशिला परियार, सहायक प्रधानाध्यापक ऋषिराम ओझा, विव्यसका शिक्षक प्रतिनिधि जयराम सुवेदी, आधारभूत तह इन्चार्ज विश्वनाथ सुवेदी, रूपा गाउँपालिका शिक्षा समितिका सदस्य रामबहादुर माललगायतले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा अभिभावकहरूका तर्फबाट श्रीकृष्ण सुवेदी, शिक्षकहरूका तर्फबाट विश्वनाथ सुवेदी र विद्यार्थीहरूका तर्फबाट शिवालय बाल क्लबकी अध्यक्ष समीक्षा सुनामले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सहकार्यकलाप विभागका संयोजक बुद्धिराम विश्वकर्माले गरेका थिए । 

सोही अवसरमा द्वितीय त्रैमासिक परीक्षाको नतिजा विश्लेषणसमेत गरिएको थियो ।



























































































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com