नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, September 8, 2023

साक्षरता दिवसमा अन्ताक्षरी प्रतियोगिता (भिडियोसहित)

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुक्रबार अन्ताक्षरी प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा अन्तरसदनात्मक रूपमा भएको प्रतियोगितामा अन्नपूर्ण सदनका रश्मि परियार, किस्मत थापा र जेनिका पुलामी मगरको समूह पहिलो र धवलािगिरि सदनका किन्जल गुरुङ, बबिता ओझा र रोनिसा ओझाको समूह दोस्रो भएका थिए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले साक्षरता दिवसको महत्त्वमाथि प्रकाश पार्दै मनोरञ्जनका लागि मात्रै खेलिँदै आएको अन्ताक्षरी प्रतियोगितात्मक रूपमा सञ्चालन गर्दा निकै रमाइलो र ज्ञानवर्धक भएको अनुभव सुनाए ।



 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com