नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, August 30, 2023

कक्षा ११ लाई स्वागत (फोटो फिचर)



थुम्की । शिवालय माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रम गरी स्वागत गरेका छन् ।

कक्षा १२ की छात्रा अस्मिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आफ्नो र विद्यालयको प्रतिष्ठा उच्च रहने गरी पढाइलाई अघि बढाउन शुभकामना दिए । उनले शिवालयका विद्यार्थी नेपाल सरकारको उच्च तहको कर्मचारी वा उच्च तहको राजनीतिक नेता भएको हेर्ने चाहना व्यक्त गर्दै विद्यार्थी र विद्यालयको उन्नतिका लागि आफू सदैव साथमै रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले विद्यार्थीहरूलाई अनुशासनपूर्वक अध्ययन गर्न सुझाव दिए । कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी, कक्षा ११ का तर्फबाट सन्जोग नेपाली, कक्षा १२ की सहारा सुवेदीलगायतले बोलेका थिए । कक्षा १२ की छात्रा सम्झना मल्लको सञ्चालनमा भएको कार्यक्रममा कक्षा १२ का  विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।







































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com