नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Thursday, May 18, 2023

शिवालय बाल क्लब पुनर्गठन

थुम्की । शिवालय बाल क्लबको कार्यसमिति पुनर्गठन गरिएको छ ।

रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा क्रियाशील बाल क्लबको अध्यक्षमा समीक्षा सुनाम सर्वसम्मत चयन भएकी छन् । उपाध्यक्षमा विनम ओझा, सचिवमा कुसुम सुवेदी, कोषाध्यक्षमा करुणा ओझा, सहसचिवमा सागर ओझा र सदस्यहरूमा सोनिया सुवेदी, सफल परियार, युनिक ढकाल, प्रमिला सुवेदी, नरेन्द्र विक र जेनिका पुलामी मगर रहेका छन् ।

२०८०/०१/२९ गते शुक्रबार आयोजित विद्यार्थी भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको शिक्षक संयोजक रस्मिला खनालले जानकारी दिनुभयो । पदस्थापन तथा बधाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा र निवर्तमान अध्यक्ष करिना ओझाले शुभकामना दिनुभएको थियो ।



No comments:

Post a Comment

shivalayaschool2017@gmail.com