नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, March 27, 2023

कक्षा १२ लाई बिदाइ (फोटो फिचर)

थुम्की (रूपा) । शिवालयमा माविमा सोमबार कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ ।

रूपा गाउँपालिका, वडा नम्बर २, थुम्कीस्थित सो विद्यालयबाट २०७९ को कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका १६ जना विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझा, प्रधानाध्यापक रुपिन्द्र प्रभावी र कक्षा ११ का विद्यार्थीहरूले टीका, खादा र मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

कक्षा ११ को छात्रा रोनिसा ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले विद्यालयको उत्कृष्टता कायम गर्नका लागि शुभकामना दिए । उनले शिवालयले हालसम्म कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै यहीँ उपलब्ध विषय अध्ययन गर्नका लागि अन्यत्र नजान विद्यार्थीहरूसँग आग्रहसमेत गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, कक्षा ११ की सम्झना मल्ल, कक्षा १२ की सुस्मिता ओझाले पनि बोलेका थिए । कक्षा ११ का विद्यार्थीहरूद्वारा कक्षा १२ को सम्मानमा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन सञ्जिना पौडेलले गरेकी थिइन् ।


























No comments:

Post a Comment

shivalayaschool2017@gmail.com