नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, February 6, 2023

शिवालय माविको अध्यक्षमा धनपति

थुम्की । रूपा गाउँपालिका-२, थुम्की, कास्कीस्थित शिवालय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धनपति ओझा चयन भएका छन् ।

सोमबार बसेको विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको बैठकबाट ओझा सर्वसम्मत चयन भएका हुन् । यसअघि २ कार्यकाल सदस्यको जिम्मेवारी पाइसकेका ओझाले शिवालयको मूल समस्याका रूपमा रहेको खानेपानी समस्या समाधानका लागि आफ्नो कार्यकालमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष ओझासहित समितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले पदस्थापन गराएका थिए । नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिँदै सुवेदीले शिवालयको चौतर्फी हितका लागि आफू जहाँ रहे पनि सधैँ साथमै रहने प्रतिबद्धता जनाए ।

यसअघि माघ २० गते सम्पन्न अभिभावक भेलाबाट धनपतिसँगै जमुना ओझा, विमला अधिकारी ओझा र दुर्गाबहादुर विक सदस्य चयन भएका थिए । उक्त भेलाबाट चयन भएका सदस्यहरूको बैठकले गोमा ढुङ्गाना र आइतश्री गुरुङलाई सदस्य मनोनयन गरेको थियो । शिक्षक प्रतिनिधिका रूपमा जयराम सुवेदी दोहोरिएका छन् । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रहने व्यवस्थापन भएबमोजिम रुपिन्द्र प्रभावी रहेका छन् भने पदेन सदस्यका रूपमा वडा अध्यक्ष राजन सुवेदी रहेका छन् ।

९ सदस्यीय व्यवस्थापन समितिको कार्यकाल ३ वर्षको हुने व्यवस्था रूपा गाउँपालिका, शिक्षा ऐन २०७५ ले गरेको छ ।

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com