एक दिने शैक्षिक भ्रमण
- करुणा ओझा
रूपा
-२, थुम्की, कास्कीमा अवस्थित आधारभूत तहदेखि माध्यमिक तहसम्म रहेको श्री शिवालय
माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि पोखराका विभिन्न प्रसिद्ध स्थल
तथा पर्यटकीय स्थल भ्रमण गर्नका लागि मिति २०७९/०८/१२ गते एक दिनको लागि शैक्षिक
भ्रमणको आयोजना गरियो ।
हाम्रो यस शैक्षिक भ्रमण निकै ज्ञानवर्धक र मनोरञ्जनात्मक भयो । आगामी दिनहरूमा पनि यसरी नै शैक्षिक भ्रमणलाई निरन्तरता दिनुहुने छ भन्ने आशाका राखेका छौँ ।
त्यसपछिको
हाम्रो गन्तव्य शान्ति स्तुपा बन्यो । शान्ति स्तुपामा एकदमै शान्तका साथ जुत्ता
चप्पलसमेत हामीले बाहिर खोलेर त्यस स्तुपामा प्रवेश गर्यौँ । त्यहाँबाट देखिने
विभिन्न ताल, तलैया, पोखरा उपत्यकाको दृश्य अवलोकन गर्यौँ । त्यहाँ धेरै
दिशातिर भगवान् बुद्धको मूर्तिहरू टाँसिएका थिए । त्यहाँको वरपर
घुमेर हामी पुनः बस चढी गुप्तेश्वर गुफा गयौँ । त्यहाँ हामी सबै लामबद्ध भएर
गुप्तेश्वर गुफामा प्रवेश गर्यौँ । त्यहाँ आश्चार्य लाग्दा दृश्यहरू रहेछन् ।
पाताले छागाँको पानी त्यस गुफामा आइपुग्यो भन्ने भनाइ रहेछ । त्यहाँ हामी ४५ मिनेट
जति गुफा घुमेर विभिन्न भगवानको मूर्तिहरू कोरेको हेर्दै निस्कियौँ । त्यहाँबाट
रामबजार भन्ने ठाउँमा हामीले दिउँसोको १ बजे खाना खायौँ । हामीले खाना खाएर अन्तर्राष्ट्रिय
पर्वतीय सङ्ग्रहालय गयौं । हामी सबै लामबद्ध भएर सङ्ग्राहलयभित्र प्रवेश गर्यौँ ।
त्यस सङ्ग्रहालयभित्र नेपालका जातजाति, भाषाभाषी, धर्म, संस्कृति र वेषभूषालाई छर्लङ्ग पारेर
राखिएको रहेछ । त्यति मात्र नभएर विभिन्न जीवजन्तु तथा जनावरहरूको अस्थिपञ्जर
प्रणालीसमेत राखिएको रहेछ । हाम्रो नेपालमा पहिलो पटक हिमाल आरोहण गर्ने नेपाली महिला
पासाङल्हामु शेर्पाको सचित्र वर्णनसहित हिमाल आरोहण गर्दा प्रयोग गरिने सामग्री र
पोशाकसमेत अवलोकन गर्ने अवसर पायौँ । साँच्चिकै त्यस सङ्ग्राहलय हाम्रो लागि निकै
ज्ञानवर्धक रहेको थियो । सङ्ग्रहालयबाहिर एउटा हिमालको नमुना पनि रहेको थियो ।
त्यस हिमालको नमुनामा हामी केही समय रमाइलो गर्यौँ र पुनः हामी घुमघामतर्फ लाग्यौँ
। त्यहाँबाट हामी पोखराको निकै पर्यटकीय स्थल फेवाताल गयौँ । हाम्रो समयको कारणले
गर्दा तालबाराही मन्दिरसम्म पुग्न नसके पनि वारिबाटै अवलोकन गर्दै हाम्रो
प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरतर्फ लाग्यौँ र हामी लामबद्ध भएर
मन्दिर प्रवेश गर्यौँ । मन्दिरको दर्शन गरी त्यहाँबाट देखिने पोखरा उपत्यकाको
दृश्य साथै त्यस मन्दिरभित्र रहेका शिवलिङ्ग र बगैंचा घुम्यौं ।
त्यहाँबाट
हामी खाजा खानका लागि अमरसिंहमा केही समय बस रोक्यौं र खाजा खाँदै हामी बसमा
रमाइलो गर्दै ठिक ७ बजे सबै आ-आफ्नो घर फर्कियौँ । यसरी हाम्रो एक दिने शैक्षिक
भ्रमण निकै रमाइलो भयो ।
हाम्रो
यस शैक्षिक भ्रमण निकै ज्ञानवर्धक र मनोरञ्जनात्मक भयो । आगामी दिनहरूमा पनि यसरी
नै शैक्षिक भ्रमणलाई निरन्तरता दिनुहुने छ भन्ने आशाका राखेका छौँ ।
कक्षा ८
भ्रमणका तस्बिरहरू यहाँबाट हेर्न सक्नुहुने छः
No comments:
Post a Comment
shivalayaschool2017@gmail.com