नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Saturday, December 17, 2022

शिवालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

रूपा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई आइतबार स्टेशनरी सामग्री वितरण गरिएको छ ।

विद्यालयका अभिभावक तथा पूर्व विद्यार्थी कमलकृष्ण ओझाको पहलमा बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई कापी, कलमलगायतका सामग्री वितरण गरिएको हो । सिङ्गापुरका नागरिक माइकल हुसँग समन्वय गरेर ओझाले सामग्री वितरण गरेको जानकारी दिए । उनले विद्यार्थीको अध्ययन कार्यमा केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने हेतुले स्टेशनरी वितरणको पहल गरेको बताए । आफ्नो गाउँठाउँका विद्यार्थीका लागि सहयोग गरेकोमा माइकलको सहयोगी भावनाको प्रशंसा उनले गरे ।

ओझाले विद्यालयका लागि स्टेशनरी सामग्री विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई हस्तान्तरण गरे ।


































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com