नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, August 26, 2022

शिवालय माविमा तीज गीत प्रतियोगिता (फोटो फिचर)

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शुक्रबार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा १२ का सुस्मिता ओझा, रविना विक, नमुना सुवेदी, सकुन्तला परियार र प्रतिमा ठाडा मगरको समूह प्रथम भएको छ । यसै गरी मुस्कान विक, करुणा ओझा र दीपिका पौडेलको समूह द्वितीय,   रश्मी परियार तृतीय र कक्षा ३ का सुविन विक, विवेक सुर्खाली, प्रगति नेपाली, प्रतीक विक, रितिक सुवेदी र स्विकृति विकको समूह सान्त्वना भएका थिए ।

शिक्षिका लक्ष्मी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिना तिमल्सेना, सङ्गीता ओझा र सम्झना सुवेदी निर्णायक रहेका थिए । शिक्षिकाहरू प्रगति थापा मगर र सुमित्रा भुसालले पुरस्कार वितरण गरेका कार्यक्रममा रस्मिला खनालले स्वागत र शान्ता तिमल्सेनाले सञ्चालन गरेकी थिइन् ।


































No comments:

Post a Comment

shivalayaschool2017@gmail.com