नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, February 18, 2022

कास्कीमा एस. ई. ई. स्तरीकृत परीक्षा चैत १ देखि

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीको अध्यक्षमा पुनः शम्भुराज बाँस्तोला सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार पोखरामा सम्पन्न चौथो अधिवेशनबाट बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष जनार्दन सुवदी, सचिव मनिराम कडेल, कोषाध्यक्ष विष्णुप्रसाद भट्टराई, सहसचिव मणिराज परियार, सहकोषाध्यक्ष सुमना सुवेदी र सदस्यहरूमा प्रेमबहादुर थापा, सूर्य गिरी, दुर्गाबहादुर रावत चयन भएका छन् ।

यसअघि एघारौँ साधारणसभाका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले कोषले परीक्षा व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले विद्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सम्बन्ध टाढिएको अवस्थामा जिल्लाभरका प्रधानाध्यापकहरूमार्फत सम्बन्ध नवीकरणको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे । परीक्षालाई मर्यादित बनाउने कुरामा सबै सचेत हुनुपर्नेमा जोड दिँदै प्रमुख सुवेदीले परीक्षा मर्यादित हुँदा शिक्षा र शिक्षकको पनि मर्यादा बढ्ने धारणा राखे । कोभिडका कारण प्रभावित पढाइलाई थप मिहिनेतका साथ प्रगतिको बाटोमा लैजान उनले सबै शिक्षकहरूसँग आग्रह गरे । आजका बालबालिकालाई राम्ररी मार्गदर्शन गर्न सकिएन भने बाबुआमालाई वृद्धाश्रममा राख्ने पुस्ताको वृद्धि हुनेमा उनको चिन्ता थियो ।

संस्थाका अध्यक्ष शम्भुराज बाँस्तोलाको संस्थाको नाम ‘विद्यालय शैक्षिक कल्याणकारी समाज’ राख्ने गरी विधान संशोधन प्रस्ताव साधारणसभाले पारित गरेको थियो । हालसम्म माध्यमिक विद्यालयहरूले मात्र सदस्यता लिँदै आएको संस्थामा अब आधारभूत तहका विद्यालयले पनि सदस्यता लिन सक्ने गरी यस्तो प्रस्ताव अघि सारिएको बाँस्तोलाले जानकारी दिए । वि. सं. २०६८ सालमा दर्ता भएको संस्थाको विधान परिवर्तिन संरचनाअनुसार समायोजनका लागि भन्दै उनले संशोधन प्रस्ताव पेस गरेका थिए । आगामी दिनमा कक्षा ११ र १२ को स्तरीकृत परीक्षासमेत सञ्चालन गर्ने गरी विधान संशोधन गरिने उनले बताए ।

साधारणसभाले कार्यवाहक सचिव मनिराम कडेलले प्रस्तुत गरेका प्रगति प्रतिवेदन र सदस्य विष्णुप्रसाद भट्टराईले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन पारित गरेको थियो । २०५८ मा स्थापना भई २०६८ मा विधिवत् दर्ता भएको संस्थाले जिल्लाभर एस. ई. ई. स्तरीकृत परीक्षा सञ्चालन गर्नुका साथै प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थी सम्मान, छात्रवृत्ति प्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव कडेलले जानकारी दिए । सदस्य भट्टराईले कोषको मुद्दति खातामा हाल १० लाख रुपैयाँ रहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष गोपालमणि लामिछानेले स्वागत गरेका थिए ।

यसै बिच, सोही कार्यक्रममा आगामी चैत १ गतेदेखि १० गतेसम्म एस. ई. ई. स्तरीकृत परीक्षा सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरिएको थियो ।

हेरौँ समयतालिकाः



 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com