नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, December 17, 2021

शिवालयमा वक्‍तृत्वकला प्रतियोगिता (फोटो फिचर)

पोखरा । शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्कीमा शुक्रबार आधारभूत तहस्तरीय वक्‍तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

शिवालय बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा आधारभूत तह (१-५) मा ‘हाम्रो विद्यालय’ शीर्षकमा प्रतियोगीहरूले आफ्ना विचार राखेका थिए । उक्त तहमा दीपेश पौडेल, साजन ओझा, अस्मित बस्नेत र मेरिसा रुपाखेती पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । यस्तै, ‘आधुनिक कृषिमा प्रविधिको महत्त्व’ शीर्षकमा वक्ताहरूले आफ्ना भनाइ राखेका आधारभूत तह (६-८) को प्रतियोगितामा करुणा ‌ओझा, विनम ओझा, कुसुम सुवेदी र सागर ओझा क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । प्रतियोगितका विजेताहरूलाई रूपा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्दिप पौडेल र राइट फर चिल्ड्रेनका रविन नेपालीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा नेपाली विभागका प्रमुख रामबहादुर माल, शिक्षिका शान्ता तिमल्सेना र लक्ष्मी न्यौपाने रहेका थिए । बाल क्लबका अध्यक्ष निश्चल ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, आधारभूत तह इन्चार्ज विश्वनाथ सुवेदी, क्लबका पूर्वअध्यक्ष पुरुषोत्तम ‌ओझा, शिक्षक सुकबहादुर थापालगायतले बोलेका थिए । पुरस्कृत विद्यार्थीहरूका लागि पुरस्कारको प्रायोजन राइट फर चिल्ड्रेनले गरेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव धिरज सुनार र सदस्य सुमीक्षा परियारले पालैपालो गरेका थिए । स्वागत सहसचिव प्रशान्त ओझाले गरेका थिए । पाक्षिक रूपमा भित्ते पत्रिका प्रकाशनसँगै विद्यार्थीका प्रतिभा प्रस्फुटन र बालअधिकारसम्बन्धी कार्यक्रम गर्दै आएको बाल क्लबले आगामी दिनमा क्रमशः यस्ता कार्यक्रम सञ्चालन गर्ने फोकल पर्सन रस्मिला खनालले बताइन् ।

कार्यक्रमका केही झलकः

































 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com