नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Saturday, August 7, 2021

SEE 2077 को नतिजा

SEE RESULT 2077



राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि कक्षा १२ को परीक्षा स्थगित गर्न बसेको बोर्डको आजको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जानकारी दियो । परीक्षा नियन्त्रक रुद्र अधिकारीका  अनुसार शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा  पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

शिवालय माध्यमिक विद्यालयको विद्यार्थीहरूको नतिजा विवरण यहाँबाट हेर्न सकिन्छः

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com