नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, July 20, 2021

साउन ३१ देखि कक्षा १२ को परीक्षा (समय तालिकासहित)

पोखरा । कक्षा १२ को अन्तिम परीक्षा आगामी साउन ३१ गतेदेखि हुने भएकाो छ ।

राष्ट्रिय परीक्षा बोर्डको केही समयअघि बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो । परीक्षा १०० पूर्णाङ्ककै हुने र बिहान १०:४५ देखि तीन घण्टा सञ्चालन हुने जनाइएको छ। 


कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिएसँगै बोर्डले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।


माध्यामिक तहको अन्तिममा लिइने भएकाले कक्षा १२ को परीक्षो यो वर्ष सय पूर्णाङ्ककै गर्ने भएको छ । बोर्डले गतवर्ष समय र अङ्कभार घटाएर परीक्षा लिएको थियो  । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरेको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने भएको छ । 


परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

समय तालिकाः





No comments:

Post a Comment

shivalayaschool2017@gmail.com