नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Thursday, April 29, 2021

अभ्यास निरन्तर गरौँ__प्रेरक प्रसङ्ग

 एक समयको कुरा हो, देवताका राजा इन्द्र कृषकहरूसँग अकारण रिसाएर १२ वर्षतक वर्षा नपार्ने श्राप दिएछन्।

"अब तिमीहरूले आफ्नो जोहो आफैँ गर्नु ताकि वर्षा नभएर फसल उब्जेन भने मलाई दोष नआ‌‌ओस्। यसमा कतै पनि मेरो जिम्मेदारी रहने छैन।"
सारा कृषकहरू चिन्तित भएर एक साथ इन्द्रदेवसँग क्षमा माग्दै वर्षा पार्नको लागि प्राथना गर्न पुगे।
इन्द्रले भने; अब मेरा हातबाट गैसक्यो कुरा। यदि भगवान शङ्करले आफ्नो डमरू बजाइदिएमा वर्षा हुन सक्छ।
छलि ईन्द्रले कृषकसंग यो उपाय त बताए, साथसाथ श्रीशंकरसंग गुप्तवार्ता गरेर किसानसंग सहमत नहुन आग्रह पनि गरे।
यता किसानहरू स्वयं भगवान शंकर समिप पुगेर अनुनय विनय गर्न थाले। तब शंकर भगवान निरासहुँदै भन्न थाल्नुभयो; म के नै पो गर्न सक्छु र? "मेरो डमरू त अब १२ बर्षपछि मात्र बज्छ।"
कृषकहरू निराश भएर १२ बर्षतक खेती नगर्ने निर्णयमा पुगे।
फोटोः गुगलबाट


तिनै किसानमध्य एक जनाले भने आफ्नो खेतमा काम गर्न छाडेन। बनझड जमिन जोत्थ्यो, वीउ छर्थ्यो, हल्काफूल्का उम्रेका विरूवा गोड्थ्यो पनि।
यो देखेर अरू कृषकहरू उसलाई मजाक उडाउँथे। जब १२ वर्ष वर्षा हुँदैन भने बेकारमा दुःख गरेर के पाउँछौ? मूश्किलले उम्रेपनि यी बोटमा फल लाग्नेवाला छैनन् नै।
मिहेनति कृषक भन्थ्यो; म पनि जान्दछु यो कुरा, यदि वर्षा नभएमा फल त लाग्दैन। तथापी यो काम आफ्नो अभ्यासको लागि गर्दैछु। यस्तो नहोस् कि लामो अवधीसम्म काम नगरी बस्दा खेतीपातीको अभ्यास नै भूलियोस्।
यो तार्किक चर्चा माता पार्वतीले बडो कौतूहलका साथ सुनिरहेकी थिईन्। तब माता पार्वतीले भगवान शिवशंकरसंग सहजरूपमा विन्ति गर्न थालिन्;
प्रभु हजुरले १२ बर्षतक डमरू नबजाउने प्रण त गर्नुभो तर यस्तो नहोस् कि कतै हजुर पनि डमरू बजाउन नभूल्नुहोस्।
माता पार्वतीको यस्तो कुरा सुनेर भोले बाबा चिंतित हुँदै आफ्नो डमरू बज्छ या बज्देैन बिचार गर्न थाल्नुभयो।
"जसै डमरू बज्यो यता वर्षा शुरू भैहाल्यो।"
यहाँ जुन किसान आफ्नो खेतमा नियमित रूपमा काम गरिरहेको थियो उसको खेतमा भरपूर फसल फल्यो। अरू बाँकी किसानहरू पश्याताप बाहेक अरू के नै गर्न सक्थे र?
तसर्थ "अभ्यास" गर्न कदाचित छाड्नु हुँदैन जस्तोसुकै प्रतिकूल अवस्था आए पनि। किनकी अभ्यासले नै मानव जीवन परिपूर्ण बनाउँछ। अभ्यासले कामको गुणवत्ता टिकाई राख्छ। अभ्यासले हामीलाई चिरयुवा बनाईराख्छ।
दुई हप्ता, दुई महिना वा अर्को दुई बर्ष? "कोरोना" त जान्छ जान्छ। तर हामीहरूले आफ्नो अभ्यास कतै छाड्नु हुँदैन।
महत्वपूर्ण कुरा हो आत्मबल। त्यसलाई कदाचित मर्न दिनु हुँदैन।
"डमरू" कुनै पनि बेला बज्नसक्छ। भोलेनाथ बाबा जान्नुहुन्छ यो सब कुरा।
हामीले पनि पढाइमा निरन्तर अभ्यास गर्नुपर्छ ।

विभिन्न मिडियाबाट साभार

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com