नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, March 9, 2021

यस वर्षको SEE जेठ १३ देखि

भक्तपुर । २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा एसईई जेठ दोश्रो साताबाट हुने भएको छ । जेठ १३ देखि २४ गते सम्म परीक्षा गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन नभए पछि यो बर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । 

'आज बसेको बोर्ड बैठकले एसईई परीक्षा सञ्चालनको मिति तय गरेको हो, भोलिको गोरखापत्रमा रुटिन प्रकाशित गर्ने छौं' उनले भने, 'साविककै शैलीमा परीक्षा गर्ने गरी मन्त्रीपरिषद्ले गरेको निर्णयका आधारमा यो निर्णय गरिएको हो ।'

कक्षा १० को अन्तिममा लिईने परीक्षा साविककै शैलीमा गर्ने गरी गत माघ २६ गते सरकारले निर्णय गरेको थियो । परीक्षा मिति तय भएसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढ्ने उनले बताए । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाए पनि कतिपयमा यो काम जारी रहेको उनले बताए । 

माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने सँविधानको व्यवस्था र तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिए पनि सरकारले वेवास्ता गर्दै आएको छ । यस पटक कोरोनाका कारण अहिले सम्मको अपजस मेटाउने मौका आए पनि सरकारले फेरी पुरानै शैलीमा जाने गरी निर्णय गरेको भन्दै आलोचना जारी छ ।

एडुखबरबाट साभार

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com