नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Sunday, March 7, 2021

शिवालय बाल क्लब पुनर्गठन (फोटो फिचर)

 कास्की । शिवालय माध्यमिक विद्यालय, रुपा गाउँपालिका-२, थुम्कीमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ ।


निश्चल ओझाको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा करिना ओझा, सचिवमा धिरज सुनार, कोषाध्यक्षमा अलिका सुवेदी र सहसचिवमा प्रशान्त ओझा सर्वसम्मत चयन भएका छन् ।

समितिका सदस्यहरूमा सौरभ अधिकारी, दिलबन्धु ओझा, सागर आले, आयाम ओझा, राजेश सुर्खाली, ममता गुरुङ र सोनिया सुवेदी रहेका छन् । क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी रहेका छन् । त्यसै गरी निवर्तमान अध्यक्ष पुरुषोत्तम ओझा र निवर्तमान कोषाध्यक्ष आकृति तामाङलाई सल्लाहकार चयन गरिएको छ ।

क्लबले पाक्षिक रूपमा शिवालय नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।

नवनियुक्त पदाधिकारीलाई निवर्तमान अध्यक्ष पुरुषोत्तम ओझाले अबिर लगाइदिएका थिए ।


















No comments:

Post a Comment

shivalayaschool2017@gmail.com