नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, February 17, 2021

शैक्षिक सत्र जेठसम्म


 पोखरा । चालु २०७७ सालको शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म कायम गरिएको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो कायम गरिएको हो ।

सरकारले शिक्षा (नवौँ संशोधन) नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । संशोधित सो नियमावली फागुन ३ गतेको राजपत्रमा प्रकाशित भएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले संशोधित नियमावलीअनुसार आज शिक्षामन्त्रीस्तरीय निर्णयबाट चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म लम्ब्याइएको जानकारी दिए । “आगामी शैक्षिक सत्र २०७८ साल असार १ गतेबाट सुरु हुनेछ” उनले भने, “आगामी शैक्षिक सत्रको अन्त्य सोही वर्षको चैत मसान्तमा हुनेछ ।” 

उनका अनुसार अब कक्षा ८, एसईई, कक्षा ११ र १२ का वार्षिक परीक्षा आगामी जेठ मसान्तभित्र गरिसक्नुपर्नेछ । “कुन परीक्षा कति गते वा कुन साताबाट थाल्ने भन्ने विषय सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले नै तय गर्नेछन् । आआफ्नो अनुकूलअनुसार तालिका मिलाएर परीक्षा सञ्चालन गर्न सकिनेछ” उनले भने ।

प्रवक्ता शर्माले विद्यार्थीले जुन विद्यालयबाट सिकाइ गरेको सोही विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने स्पष्ट गरे । शिक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको आकस्मिक शैक्षिक कार्ययोजनाअनुसार कतिपयले आफू पायकका विद्यालयले सञ्चालन गरेका भच्र्युअल लगायतका कक्षामा सहभागी भएका थिए । उनीहरुलाई कक्षा ९ मा रजिष्ट्रेसन फाराम नभरेकाे विद्यालयबाट एसईईमा सहभागी हुन अब समस्या नपर्ने गरी नियमावलीमा संशोधन गरिएको छ ।     -   एडुपत्रबाट

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com