नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, August 17, 2020

रुपा गाउँपालिकामा भोलिदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द (विज्ञप्तिको पूर्ण पाठ)

 पोखरा । कास्कीको रुपा गाउँपालिकामा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवामा ७ दिनसम्मका लागि  रोक लगाइएको जनाएका छन् ।

" हाल देशभर दैनिक रुपमा संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको अवस्थामा आम नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै भोलि मिति २०७७/०५/०२ गते देखि लागु हुने गरि ७ दिनका लागि रुपा गाउँपालिका भित्र अत्यावश्यक बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिकाभित्रका अत्यावश्यक खाद्यान्नबाहेकका अन्य होटल, रेष्ट्रेन्टहरु सञ्चालनमा रोक लगाइएको छ । विद्यालयलगायतका शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन् ।" विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य संस्थाबाहेकका अन्य गाउँपालिका, वडा कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरुसमेत सञ्चालन नगरिने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओझाले अहिलेको यस विषम परिस्थितिमा नेपाल सरकारको निर्णयअनुरुप नै चाडपर्वको बेलामा अन्यत्रबाट आफ्ना पाहुनाजन बोलाउने, जाने, धेरै जना जमघट भई भोज भतेर गर्ने साथै गाउँपालिकाभित्र अवस्थित विभिन्न संघ/ संस्था, आमा समूह, क्लब, टोल विकास संस्थाहरुले आयोजना गर्ने गरेको तिज विशेष दर खुवाउने तथा अन्य कार्यक्रमहरु नगर्न तथा नगराउनुहुन सबै सबैमा अनुरोध पनि गरेका छन् ।

रुपाले नेपाल सरकारले लकडाउन गर्नुअघि नै गाउँपालिका सिल गरी कोरोना भाइरसबाट गाउँपालिकावासीलाई बचाउनका लागि पूर्व सतर्कता अपनाएको थियो । रुपा गाउँपालिकामा ११ जनालाई कोरोना पोजिटिभ देखिएकोमा सबै जनालाई निको भएर घर फर्किसकेका छन् । विश्वशान्ति मावि, रामकोट मावि, रुपाकोट स्वास्थ्यचौकी र सिद्ध स्वास्थ्यचौकी गरी ४ वटा क्वारेन्टिनमा गरी हालसम्म २१३ जना क्वारेन्टिनमा बसेका थिए । हाल सिद्ध स्वास्थ्यचौकीमा २८ जना क्वारेन्टिनमा रहेका अध्यक्ष ओझाले जनाएका छन् । यस विषम परिस्थितिमा सम्पूर्ण रुपावासीमा सुरक्षित रहनसमेत उनले आग्रह गरे ।

विज्ञप्तिको पूर्ण पाठ

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले हाम्रो देश नेपाल साथै हाम्रो गाउँपालिकाका विभिन्न वडाका वैदेशिक रोजागरीबाट फर्किनुभएका रुपा गाउँपालिकाबासीहरुलाई अनिवार्य रुपमा तोकिएको समयसम्म क्वारेन्टाइन बसी फर्किसक्नुभएको तथा बसिरहनुभएको छ । साथै संक्रमित देखिनुभएका व्यक्तिहरु सुरक्षित तबरले आइसोलेसनमा बसी उपचारपश्चात् निको भइसकेको व्यहोरा सम्पूर्ण रुपाबासी बुबा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई अवगत नै छ । हाल देशभर दैनिक रुपमा संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको अवस्थामा आम नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै भोलि मिति २०७७/०५/०२ गते देखि लागु हुने गरी ७ दिनका लागि रुपा गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिकाभित्रका अत्यावश्यक खाद्यान्नबाहेकका अन्य होटल, रेष्ट्रेन्टहरु सञ्चालनमा रोक लगाइएको छ । विद्यालयलगायतका शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने छन् । स्वास्थ्य संस्थाबाहेकका अन्य गाउँपालिका, वडा कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य सेवाहरु सञ्चालन नगरिने व्यहोरा जानकारी गराइन्छ । नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजको पावन अवसरमा गाउँपालिका परिवारको तर्फबाट सम्पूर्ण महिला आमा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै, अहिलेको यस विषम परिस्थितिमा नेपाल सरकारको निर्णयअनुरुप नै चाडपर्वको बेलामा अन्यत्रबाट आफ्ना पाहुनाजन बोलाउने, जाने, धेरै जना जमघट भई भोज भतेर गर्ने साथै गाउँपालिकाभित्र अवस्थित विभिन्न संघ संस्था, आमा समूह, क्लब, टोल विकास संस्थाहरुले आयोजना गर्ने गरेको तिज विशेष दर खुवाउने तथा अन्य कार्यक्रमहरु नगर्न तथा नगराउनुहुन सबै सबैमा अनुरोध गर्दछौं । यस विषम परिस्थितिमा सम्पूर्ण रुपावासीमा सरक्षित रहन समेत आग्रह गर्दछौं ।

नवराज ओझा

अध्यक्ष

 

 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com