नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, June 10, 2020

शैक्षिक इतिहासमै पहिलो पटक एसईई नगर्ने सरकारको निर्णय

पोखरा । नेपालको शैक्षिक इतिहासमै पहिलो पटक एसईई परीक्षा नलिने निर्णय सरकारले गरेको छ ।

बुधबार साँझ बसेको मन्त्री परिषद्को बैठकले विसं १९९० देखि सुरु भएको एस. एल. सी. र हालको एसईई परीक्षा नलिने निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण चैत ६ गतेदेखि हुने भनिएको परीक्षा चैत ५ गते साँझ मात्र सरकारले स्थगित गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेपछि एसईई नहुने निश्चित भएको हो ।

 मन्त्री परिषद्को निर्णयबाट परीक्षाका बारेमा देशभरिका ४ लाख ८२ हजार विद्यार्थीलाई राहत दिएको भए पनि वर्षभरिको तयारी भने खेर गएको टिप्पणी गरिएको छ । मन्त्री परिषद्ले विद्यालयले नै गरेको मूल्याङ्कनलाई आधार मानेर प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ ।

 

यससम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

 


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com