नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, April 21, 2020

एक शिक्षकको लकडाउन डायरी : अभिभावकलाई अनुरोध- मदन घिमिरे

- मदन घिमिरे


विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीको कारणले गर्दा यतिबेला देश लकडाउनको अवस्थामा छ । समय टक्क अडिएजस्तो लागिरहेछ । यसको प्रभाव प्रत्यक्ष रुपमा शिक्षा क्षेत्रमा पनि परेको देख्न सकिन्छ । कक्षा ९ सम्मको वार्षिक परीक्षा सकाएर विद्यार्थी भाइबहिनी हरु नतिजाको पर्खाइमा छन् भने एस.इ.इ. परीक्षा र त्यो भन्दा माथिल्लो तहका परीक्षाहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुने समय भैसक्दा पनि समय अनुकुल बन्ने छांट देखिदैन । यो समयमा सम्पुर्ण बाबुनानीहरु पुर्ण समय आफ्ना अभिभावकको निगरानीमा छन् ।
समयको प्रतिकुलताले उनिहरुको मनोभावमा पारेको असर त छदै छ, अझै लामो समय घरभित्रै बस्नुपर्दा उनीहरुको बौद्दिक बिकासमा पनि प्रतिकुल असर नपर्ला भन्न सकिन्न ।
यो बेला आफ्ना बाबुनानीहरुको सम्पुर्ण जिम्मा अभिभावकहरुमा आएको छ । अब तपाइँहरु अभिभावक मात्र बनेर हुदैन । यो समयमा उनीहरुको अभिभावक, शिक्षक र साथी सबै तपाईं नै हो र तपाईं ले नै यी सबैको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । सम्पुर्ण अभिभावक ज्युहरुले आफ्ना बाबुनानीहरुलाइ गर्नुपर्ने ब्यबाहारहरुका बारेमा यहाँ केलाउन खोजेको छु ।
विशेष गरि स-साना बाबुनानीका अभिभावक हरु यो समयको अधिकतम खाली समय तपाइले आफ्ना बाबुनानी संग बिताउनुहुन्छ, तपाइको बच्चाले तपाइभित्र आफ्नो शिक्षक र मिल्ने साथीको अपेक्षा पनि गरिरहेको हुन्छ । त्यसैले तपाइँले पनि उनीहरुको रुचिअनुसारको वातावरण तयार गरिदिनुस् । उनीहरु संग रुखो नबोल्नुस्, उनीहरुको ब्यबहारले झिँझो नमान्नुस् । उनीहरुलाइ गाली नगर्नुस् किनकी उनीहरु तपाईं अनुकुल हुदैनन् त्यसैले तपाईं उनिहरु अनुकुल बन्दिनुस् र मार्गनिर्देश गर्नुस् । साथी बनेर उनिहरुसंग खेल्नुस् , भाडाकुटी नै खेल्नु परे पनि खेल्नुस् ता कि उनिहरुलाइ आफ्ना सहपाठी साथीहरुको अभाब महसुस नहोस् । आफू बिद्यार्थी बन्नुस् र उनिहरुलाइ शिक्षक बनेर पढाउन लगाउनुस् ।
विशेष गरि प्राथामिक तह मा पढ्ने बाबुनानी भएका अभिभावक हरुले घरमा अनिवार्य रुपमा ह्वाइट बोर्ड र मार्कर उपलब्ध गराइदिनुस्, जसको प्रयोगले उनिहरुको हस्तलेखनमा सुधार आउनेछ । उनीहरुलाइ घरको स साना काममा अल्झाइदिनुस् । अनिवार्य ब्यायाम गर्न लगाउनुस् । बिहान छिटै उठाइदिनुस्, बेलुका ढिलो सम्म बस्न नदिनुस् । उनीहरुलाइ व्यस्त बनाइराख्नुस् । उनीहरुको रुचिअनुसारको सृजनात्मक कार्यमा लगाउनुस् । यो महामारीको समयमा बच्ने उपायहरु अबलम्बन गर्न लगाउनुस् । कक्षा शिक्षक अथवा आफ्ना बाबुनानी ले रुचाउने शिक्षकसंग नियमित सम्पर्क गराइदिनुस् । उनीहरुको मिल्ने साथीको अभिभावक मार्फत साथीसंग पनि सम्पर्क गराइदिराख्नुस् । प्रत्येक दिन एकछिन रमाइलो माहोल सृजना गरिदिनुस्, नाच्न गाउन लगाउनुस् र आफू पनि सहभागी हुनुस् र साथसाथै पढाइलाइ पनि निरन्तरता दिइराख्न लगाउनुस् ।
एस.इ.इ. र कक्षा ११/१२ को परीक्षाको तयारीमा रहेका बाबुनानीहरुसंग हर समय आशावादी गफ गर्नुस् । हतोत्साहित र भयभीत हुने कुरा नगर्नुस् । दैनिक समय तालिका बनाइदिनुस् र पढाइलाइ निरन्तरता दिन लगाइराख्नुस् । रचनात्मक काममा लगाइराख्नुस् । आफ्नो खाली समय तिनै संग गफ गरेर बिताइदिनुस् ।राम्रा खालका र उत्प्रेरित गर्ने सिनेमा हरु संगै बसेर हेर्नुस् । विषयगत शिक्षकसंग सम्पर्क गराइदिइ राख्नुस् र उनिहरुको समस्याको समाधान गरिदिनुस् । उनीहरुलाइ साथीको जस्तो ब्यावहार गर्नुस् ता कि आफ्ना सबै समस्याहरु तपाइँसंग खुलेर राख्न सकुन् ।
धैर्य गरौँ, छिट्टै यो परिस्थितिको अन्त्य हुने छ ।
विद्यार्थी भाइबहिनीहरु :
हुने छ एकदिन हाम्रै विजय , खाली नबस्नुस् ।
नआत्तिनुस अनि नलिनुस् भय, खाली नबस्नुस् ।
किताब पढ्नुस्, युट्युब हेर्नुस् बरु नाच्नुस् गाउनुस् -
रचनात्मक बनाउनुस् केही समय खाली नबस्नुस् ।।
अभिभावकज्यूहरु :
बाटो देखाइ मिलाइदिनुस लय, यिनको कुरा सुन्दिनुस् ।
पलाउन नदिनुस् ती मनमा भय, यिनको कुरा सुन्दिनुस् ।
हरेक पल आफ्ना बाबुनानीहरुलाई व्यस्त बनाइ राख्नुस्
यिनैसंग बिताउनुस् बचेको समय यिनको कुरा सुन्दिनुस् ।

शिक्षक, श्री त्रिभुवन शान्ति नमुना मा.वि.,
पोखरा-३०, खुदी ।
saranginews.com बाट साभार ।

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com