नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, April 13, 2020

कक्षा १२ लाई बिदाइ


पोखरा । कास्कीको रुपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शुक्रबार कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ ।

कक्षा ११ को आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले विद्यालयले गरेको मार्ग दर्शनले जीवन निर्माण हुने धारणा राखे ।
जहाँ पुगे पनि विद्यालयीय जीवनको शैक्षिक प्रगति सधैं स्मरणीय रहने भन्दै पौडेलले शिवालयले विद्यार्थीलाई दिएको वातावरण उदाहरणीय रहेको बताए ।
विशेष अतिथि रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराईले रुपा गाउँपालिकाभित्रकै एक उत्कृष्ट विद्यालयका रूपमा शिवालयलाई आफूले हेरेको बताए । उनलेे शिवालयका विद्यार्थीको क्षमताबाट आफू प्रभावित भएको पनि बताए ।
कक्षा ११ का छात्र गणेश थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी, शिक्षक सुवास सुवेदी, कक्षा १२ का तर्फबाट सोनिया नेपाली र कक्षा ११ का तर्फबाट विपिन ओझाले बोलेका थिए । सांस्कृतिक प्रस्तुतिहरुसमेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन कक्षा ११ का शक्ति नेपालीले गरेका थिए ।

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com