Monday, April 13, 2020
कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।
परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ” उनले भने “अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।”
चैत्र २५, २०७६ मा प्रकाशित समाचार, इडियु-पत्रबाट साभार
Tags
समाचार#
Share This

हाम्रो बारेमा________________
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
हाम्रो बारेमा
श्री शिवालय माध्यमिक विद्यालय, रुपा-२, थुम्की, कास्की
shivalayaschool2017@gmail.com
No comments:
Post a Comment
shivalayaschool2017@gmail.com